अब सबै शिक्षित ः सांसद पोखरेल

भरतपुर, १९ माघ
चितवन क्षेत्र २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले नयाँ संविधानमा विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क गरेको भन्दै अब कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन नपर्ने भएका छन् ।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सांसद पोखरेलले व्यक्ति शिक्षित भएमात्र समाज र देश शिक्षित हुने भन्दै सरकारले शिक्षामा अत्याधिक लगानी गरिरहेको बताए । नारायणगढ स्थित आदिकवि भानु माविको स्वर्ण महोत्सव समारोह उद्घाटन समारोहका प्रमुख अतिथि रहेका सांसद पोखरेलले सरकारी विद्यालयको शिक्षा गुणस्तरीय बन्दै गएको र अभिभावकहरुको पनि मन जित्दै गएको बताए ।
“एउटा विद्यालयमा पढ्न नसक्ने विद्यार्थी अर्को विद्यालयमा अध्ययन गर्न प्रेरित गरिनुपर्छ”, सांसद पोखरेलले भने, “गुणस्तरीय शिक्षक भए, शिक्षा पनि सुधार हुने र आवश्यक दक्ष जनशक्ति उत्पादन हुनेछ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट