सरकारको विरोधमा नेविसंघद्वारा पुत्लादहन

भरतपुर, १९ माघ
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ चितवनले जिल्लामा सरकारको कार्यशैली प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । शुक्रबार भरतपुरको बिभिन्न ठाउँमा प्रदर्शन गरेको छ । एक समुहले भरतपुरको चौबिसकोठीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नारायणगढको पुलचोक देखि लाईन्सचोक सम्म राँकेजुलुस निकालिएको छ ।
मैयादेवी कन्या कलेज बाट निस्किएका विद्यार्थीले ¥यालि सहित सडकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनिहरुले सरकार विरोधि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । प्रदर्शनकारीले पुत्ला दहन गर्न खोजे पछि प्रहरीले पुत्ला जनाउन रोक्दा सामान्य भनाभन भएको थियो । सरकार सञ्चालनमा असक्षमता प्रस्तुत गरेको भन्दै पुत्ला दहन गरेको नेविसंघले जनाएको छ ।
पुत्ला दहन कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले अहिलेको सरकार अधिनायकवादतर्फ अघि सरेको आरोप लगाएका छन् । उनीहरुले सरकार विरुद्ध बोल्न, लेख्न नपाइने, प्रतिपक्षका कुरामा सुनुवाई नहुने, आफैले गरेको सम्झौता आँफैले उल्लघंन गर्ने जस्ता काम गरेका कारण अधिनायकवाद तर्फ केन्द्रित भएको बताएका हुन । सरकारले दुइतिहाइ बहुमतको दम्भको आधारमा देशमा अराजकता बढाउँदै गएकोले सरकारको विरुद्ध सडकमा उत्रन बाध्य भएको नेविसंघका नेता परमेश्वर खनालले बताए ।
कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य कल्पना पौडेल र अन्य बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । यसै क्रममा शुक्रबार साँझनै नारायणगढको पुलचोक देखि लायन्सचोक सम्म मसाल जुलुस निकालेको छ । नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा निकालिएको ¥यालिमा निस्केको थियो । मसाल जुलुस निभाउने क्रममा विद्यार्थी र प्रहरीबचि सामान्य झडप भएको छ । झडपमा परि वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक सहित तीन जना सामान्य घाइते भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट