पर्यटक भित्र्याउन सौराहामा फुडफेस्टिवल


धुवराज खनाल
सौराहा, १९ माघ
प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विषेशता भन्ने मुल नाराका साथ यही माघको अन्तिम साता सौराहा फुडफेस्टिवल हुदैछ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन सौराहा क्षेत्रीय रेवानको आयोजनामा यस पटक १३ औं सस्करणको फेस्टिवल हुन लागेको हो ।
आयोजक सौराहा रेवानले शुक्रबार पत्रकार सम्मेलन गरि माघ २८ गतेदेखी फागुन ३ गते सम्म चल्ने फेस्टिवलको बारे जानकारी गराएको छ । प्रणय दिवसको अवसर पारेर आन्तरीक पर्यटकलाई आकर्षित गर्ने उदेश्यका साथ फेस्टिवल गर्न लागिएको फुड फेस्टिवल संयोजक धु्रव गिरीले बताए । सौराहामा यो वेला पर्यटक कम आउने समय हो । “पर्यटकको आवगमन कम हुने बेला हो”, संयोजक गिरीले भने, “केही हद सम्म भएपनि पर्यटक सौराहा भित्र्याउने उदेश्यले फेस्टिवल गरिदै आएको हो ।” संयोजक गिरीका अनुसार यस पटकको फेस्टिवलमा वेयर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, ९ वर्ष मुनिका वालवालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ठ खाना प्रतियोगिता, घैला रंगाउने प्रतियोगिता, नगर स्तरीय भलिबल प्रतियोगिता र भेजेटेवल कारभिङ प्रतियोगिता रहनेछ ।
फेस्टिवल अवधिभर करिव २ करोडको कारोबार हुने र दैनिक २० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा रेवान सौराहा अध्यक्ष गोकर्ण गिरीले फेस्टिवलबाट भएको आम्दानी मध्ये विपन्न वालवालिकाका लागि शैक्षिक कोष बनाउने, सौराहा सरसफाई खर्च ५ प्रतिशत उपलव्ध गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, फेस्टिवल स्थलको खेल मैदान व्यवस्थापनमा खर्च गरिने बताए । फेस्टिवल परिसर भित्र ४० वटा खानाका परिकार र ५ वटा प्रर्दशनी स्टल रहने छ । यस पटक प्रणय दिवसको दिन मात्रै टिकटको शुल्क लाग्ने छ । त्यो दिन प्रतिव्यक्ती १ सय रुपैया टिकट शुल्क लाग्ने रेवान सौराहाका अध्यक्ष गिरीले बताए ।
पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहाको विकास गर्न साझेदारीको आवश्यकता रहेको औल्याए । नगरपालिका,निजी क्षेत्र एक्लैले केही गर्न नसक्ने भन्दै मेयर वनले सौराहाको विकासका लागि सिटी हल, बसपार्क, वाटर किंगडम लगायतमा सयुक्त रुपमा काम गर्नु पर्ने बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे,रेवानका निवर्तमान अध्यक्ष राजन भट्ट, रेवान महिला समूहकी अध्यक्ष माला दाहालले सौराहामा सञ्चालित हात्ती महोत्सव, फुड फेस्टिवलले पर्यटकको आवागमनमा वृद्धी हुदै गएको दावी गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट