रत्ननगर घेदुङले ल्होछारमा शक्ति प्रदर्शन गर्ने

भरतपुर, १९ माघ
नेपाल तामाङ घेदुङ रत्ननगर समितिले २८५५ फाग् ल्हो (बदेल बर्ग) सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए ।
उनले सो दिनको एकतालाई एक प्रकारको शक्ति प्रदर्शनको रुपमा पनि बुझ्न सकिने बताए । सोनाम ल्होछारको दिन माघ २२ गते रत्ननगरको बकुलहरचोक देखि टिकौली चौरसम्म र्यालीको समेत आयोजना गरिएको छ । ¥यालिमा तामाङ भेषभुषा, संस्कृति तथा कला झल्कने गरि सहभागि हुन सबैलाई अव्हान गरिएको अध्यक्ष लामाले बताए । ¥यालिपछि प्रदेश नं. ३ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रम तथा सहभोजकोसमेत आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु मिलन लामा, हरि योञ्जन, डिबी लोप्चन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ भने जातिय संस्कृति र भेषभुषा झल्कने विविध नृत्य प्रस्तुत गरिनेछ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नगरभित्रका अग्रज तामाङ अगुवाहरुलाई सम्मानसमेत गरिने घेदुङका सचिव आशिक तामाङले जानकारी दिए ।
यसैबीच भरतपुर नगर तामाङ समाज चितवनले पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने भएको छ । शुक्रबार भरतपुर ११ स्थित छेच्यु थर्पलिङ गुम्बामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । ल्होछार कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती पनि रहने समाजका अध्यक्ष एवंम कार्यक्रम संयोजक गंगालाल तामाङले बताए । छेच्यु थर्पलिङ गुम्बामा हुने कार्यक्रमलाई सफल बनाउन ल्होछार कार्यक्रम मुल आयोजक समिति गठन गरी गुम्बा सरसफाइ, रंगरोगन, प्रचारप्रसार लगायतका तयारीलाई तीव्र्रता दिइएको समाजका सचिव सूर्यप्रकाश लामाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट