असार २ गते पपस्टारहरु चितवन आउने

भरतपुर, २९ जेठ ।
नारायणगढ रोटरी क्लबले असार २ गते ‘मेगा म्युजिकल कन्सर्ट’ आयोजना गर्दैछ । नारायणगढको होटल सेन्ट्रल पाममा साँझ आयोजना गरिएको कन्सर्टमा नेपालका भेटेरान संगीतज्ञहरु सहभागी हुनेछन् ।

विगत १६ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरीले उही उद्देश्यले आयोजना गरेको कार्यक्रममा नेपाली पप संगीतका हस्तीहरु हरिश माथेमा, सञ्जय श्रेष्ठ, सचिन रौनियार, भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान एकैठाउँ उपस्थित हुनेछन् । त्यस्तै कन्सर्टमा पुण्यम प्रधान, रविन महर्जन, ज्योति घिमिरे, कविन्द्र श्रेष्ठ, विश्व प्रधान र उदेश श्रेष्ठपनि सांगीतिक प्रस्तुतिसहित देखापर्नेछन् ।

विशुद्ध च्यारिटी कार्यक्रमबाट हुने आम्दानी सीमान्तकृत चेपाङ समुदायको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । नेपाली पप संगीतमा आफ्नो समयमा निकै चलेका कलाकारहरु यति ठूलो संख्यामा एउटै मञ्चमा देखिन लागेकाले यो कार्यक्रम ऐतिहासिक हुने दावी क्लबका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठले गरे ।

कार्यक्रम साँझ साढे ६ बजेबाट सुरु गरिनेछ । नेपाली पप संगीतका सदाबहादर गीत गुञ्जिने कार्यक्रम भएकाले संगीतप्रेमीलाई कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयोजक राजेन्द्र ओलीले अनुरोध गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट