देवचुलीमा १७ करोड लगानीको रिभरसाइड ग्रीनहाउस

विप्लव काफ्ले
नवलपुर, २९ बैशाख ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरेको नवलपुरको देवचुली–१७ पिप्रहरमा ठुला होटल तथा रेष्टुरेण्ट खुल्ने क्रम बढेको छ । काठ्माण्डौका रामभगत थापाले १७ करोड लगानी गरेर रिभर साइड ग्रीन हाउस रिर्सोट बनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी किनार नजिकै रहेको सो रिसोर्टमा पूर्वाधार विकासका काम धमाधम भैरहेका छन् ।

१ विघा ८ कट्टठा जग्गा खरिद गरेर थापाले तीन तारे स्तरको रिसोर्ट बनाउन लागेको बताए । “देवचुलीलाई पर्यटनको गन्तव्य बनाउन रिर्सोट सञ्चालनमा ल्याउन लागेका हौँ”, उनले भने, “प्रकृतिसँग रमाउँदै स्थानीय गनत्वय अवलोकन गर्ने व्यवस्था मिलाउने छौँ ।” उनका अनुसार हाल ५ वटा आकर्षक सुविधासम्पन्न कटेज बनेका छन् । १५ वटा कटेज छिटै बनाउने तयारीमा रहेको उनले बताए । सबै कटेज निर्माण भएपछि १ सय ५० जनासम्म बस्न मिल्ने छ । अधिकाँस कटेजमा २ कोठा हुनेछन् । जसमा ४ वटासम्म बेड हुनेछन् । यस्तै १ सय जना एकैसाथ बसेर खाना मिल्ने आकर्षक रेष्टुरेण्ट बनाइएको छ ।

यस्तै ६ सय जना अट्ने क्षमताको सेमीनार हल निर्माणाधिन छन् । व्यक्तिगत वा समूहगत वा परिवार बस्न मिल्ने गरी कटेज बनाइदैछ । पोखराको जेठो बुढा चामल, कसौडीमा पकाएको मासु, काठ्माण्डौको श्याम दाइको हाँसको छोइला सहितका अन्य स्थानीय परिकार उपलब्ध गराइने छ । ५ फिट गहिराईको आकर्षक स्वीमिङ पुल बनाउने तयारी छ ।

“हालसम्म १७ करोड लगानी भैसकेको छ”, अर्का सञ्चालक सुमन थापाले भने, “निर्माण पुरा हुँदा २० करोड पुग्ने अनुमान छ ।” रिर्सोट शान्त वातावरणमा अवस्थित छ । निकुञ्जमा हात्ती, जीप सफारी, नारायणी नदीमा बोटिङ, देवचुली पदयात्रा सहितका प्याकेज राखिने तयारी छ । ३ हजार रुपैयाँदेखिका २५ हजारसम्मका कोठा हुनेछन् । आइतबार महामंगलेश्वर कृष्णनन्द गिरी महाराजले रिर्सोटको औपचारिक उद्घाटन गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट