खोलामा सुमो खस्दा तीन जनाको मृत्यु, सात जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा सुमो गाडी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बिहीबार बिहान रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो हेटौंडा–भैँसे सडकखण्डको भैँसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् । अर्का एक मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चन्द्रनिगाहपुर नगरपालिका–३ का १६ वर्षीय निमा थिङ, ५८ वर्षीय कान्छाध्वज, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया र चन्द्रनिगाहपुर नगरपालिका–४ का १९ वर्षीय वयहाङ रानामगर रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट