पूर्वी चितवनमा निःशुल्क आँखा शिविर

रत्ननगर, ३ मङ्सिर । ‘आइक्याम्पफोर चितवन’ र सपोर्ट एण्ड केयर रत्ननगरको संयुक्त आयोजनामा चितवनमा सञ्चालित पाँचदिने निःशुल्क आँखा शिविरको दोस्रो दिन बुधबार कालिका नगरपालिकाका दुई स्थानमा ६४८ जनाको आँखा परीक्षण गरिएको छ । कालिकाको शक्तिखोर स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ६४८ जनाको आँखा परीक्षण गरिएको शिविरका संयोजक राजबन्धु गौतमले जानकारी दिए । […]