जनकपुरधाम, २८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम पुगेर खरना विधिसँगै छठ पर्वका धार्मिक अनुष्ठान सुरु गर्नुभएको छ ।
छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएकी पौडेलले पर्वका सबै धार्मिक विधि पूरा गर्नुहुनेछ । उहाँले जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश साह र उहाँकी पत्नी लक्ष्मी देवीको निवासमा पौडेलका लागि छठका सम्पूर्ण धार्मिक अनुष्ठान गर्ने व्यवस्था मिलाइएको छ ।
सोही निवासमा खरना विधिसहित छठका अन्य परम्परागत अनुष्ठानसमेत सम्पन्न गरिने जनाइएको छ ।





