विष्णु एस. राईको अङ्ग्रेजी उपन्यासमाथि भरतपुरमा चर्चा

भरतपुर, २८ कात्तिक ।
लेखक विष्णु सिंह राईको नयाँ पुस्तक ‘A Drifter’s Diary’ माथि शनिबार भरतपुरमा चर्चा गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले उक्त औपन्यासिक कृतिमाथि टिप्पणी गर्दै यसको विषयवस्तु र साहित्यिक पक्षबारे चर्चा गरेका थिए ।

कार्यक्रममा न्यु क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्यसहित कृतिको परिचय गराउनुभएको थियो भने होलिभिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीले कृतिकारको परिचय गराउनुभएको थियो ।

कृतिमाथि सागर कार्की, निशा तामाङ, सक्षम अर्याल र मनोजविक्रम बिष्टले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकारहरूले पुस्तकमा दरबार हत्याकाण्ड, जनयुद्ध र विगत तीन दशकदेखिको राजनीतिक परिवेशलाई लेखकले सुन्दर भाषाशैलीमा प्रस्तुत गरेको बताउनुभयो ।

त्यसैगरी ईश्वर कँडेल र विश्व सुवेदीले लेखकको अङ्ग्रेजी भाषामाथिको पकड र लेखन क्षमताको चर्चा गर्नुभएको थियो । युवराज भुसाल, केशवराज चालिसे र चेतराज रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरू नीलम कार्की निहारिका, प्राडा सावित्री कक्षपती र एलबी क्षेत्रीले कृति, कृतिकार तथा नेपालमा अङ्ग्रेजी साहित्यको प्रभावबारे धारणा राख्नुभएको थियो ।

ओरिएन्टल पब्लिकेसन्सका प्रमुख हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्येता उदय अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम पूर्ण रूपमा अङ्ग्रेजी भाषामा सञ्चालन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट