ऐतिहासिक उपरदाङ्गढीमा आन्तरिक पर्यटकको आकर्षण

चितवन, २८ कात्तिक ।
चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपरदाङ्गढीमा शुक्रबार पर्यटक रमाउँदै गरेको देख्न सकिन्थ्यो । स्थानीयवासी गणेशबहादुर थापाका अनुसार सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको उपरदाङ्गढी समुद्री सतहदेखि करिब एक हजार २७५ मिटर उचाइमा अवस्थित छ । यहाँबाट आसपासका सुन्दर प्राकृतिक दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

उपरदाङ्गढी चितवनको पुरानो सदरमुकामसमेत हो । सन् १९६० को दशकको सुरुसम्म यो चितवनको सदरमुकामका रूपमा रहेको थियो । पुरातत्त्व विभागका अनुसार यस गढीको निर्माण सन् १८०० मा भएको हो । तत्कालीन समयमा यहाँ महत्त्वपूर्ण सरकारी अड्डा तथा अदालतसमेत रहेका थिए ।

चितवनको उत्तरी भागमा पर्ने यो ऐतिहासिक किल्ला साविक दाहाखानी गाविस र हाल इच्छाकामना गाउँपालिकामा अवस्थित छ । बाइसे–चौबिसे राज्य एकीकरणका क्रममा अंग्रेज फौजविरुद्ध नेपाली भूमिको रक्षाका लागि पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले सन् १८०० को सुरुतिर यसको निर्माण गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट