अन्तिम १२ बलमा ३३ रनको चुनौतीमा जोरा, शेइख र ट्रम्पेलम्यान बने हिरो; विराटनगरमाथि लुम्बिनीको शनशनीपूर्ण जित

काठमाडौं । अन्तिम १२ बलमा ३३ रन आवश्यक थियो । १९औँ ओभरमा सुन्दीप जोराले इसुरु उडानाविरुद्ध १६ रन जोडेपछि लुम्बिनी लायन्सलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो । अन्तिम ओभरमा बलिङका लागि आएका थिए रुपेश सिंह । उनले फ्याँकेको पहिलो बल नो बल हुन पुग्यो । जसलाई अली शेइखले छक्कामा परिणत गरिदिए । ओभरको पहिलो […]

गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, सुरु गरिन् धार्मिक अनुष्ठान

जनकपुरधाम, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम पुगेर खरना विधिसँगै छठ पर्वका धार्मिक अनुष्ठान सुरु गर्नुभएको छ । छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएकी पौडेलले पर्वका सबै धार्मिक विधि पूरा गर्नुहुनेछ । उहाँले जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ । जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश […]

विष्णु एस. राईको अङ्ग्रेजी उपन्यासमाथि भरतपुरमा चर्चा

भरतपुर, २८ कात्तिक । लेखक विष्णु सिंह राईको नयाँ पुस्तक ‘A Drifter’s Diary’ माथि शनिबार भरतपुरमा चर्चा गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले उक्त औपन्यासिक कृतिमाथि टिप्पणी गर्दै यसको विषयवस्तु र साहित्यिक पक्षबारे चर्चा गरेका थिए । कार्यक्रममा न्यु क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्यसहित कृतिको परिचय गराउनुभएको थियो भने […]

कांग्रेस सुधारका लागि गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड

चितवन, २८ कात्तिक । नेपाली कांग्रेसलाई समयानुकूल, गतिशील र जनमुखी पार्टी बनाउन आन्तरिक संगठन सुदृढीकरण, नेतृत्व विकास र गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । शनिबार भरतपुरमा आयोजित कांग्रेसका शुभेच्छुकहरूको छलफल कार्यक्रममा वक्ताहरूले पार्टीभित्रका कमजोरी, विकृति र विसङ्गति हटाउँदै नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुपर्ने बताएका हुन् । वक्ताहरूले पार्टीको महाधिवेशनलाई संगठनात्मक विकास र […]

साहित्य सङ्गम चितवनको ४९औँ वार्षिकोत्सवमा दुईजना स्रष्टा सम्मानित

भरतपुर, २८ कात्तिक । साहित्य सङ्गम चितवनको ४९औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा समालोचक सोमनाथ घिमिरे र महाकाव्यकार माधव वियोगी सम्मानित भएका छन् । शनिबार आयोजित साहित्यिक समारोहमा घिमिरेलाई २५ हजार १८३ रुपैयाँसहितको ‘मदनमोहन सङ्गम स्मृति पुरस्कार–२०८३’ प्रदान गरिएको हो । साहित्य सङ्गमका संस्थापक अध्यक्ष स्व. मदनमोहन जोशीको स्मृतिमा उहाँका परिवारले उक्त पुरस्कार स्थापना गरेका […]

ऐतिहासिक उपरदाङ्गढीमा आन्तरिक पर्यटकको आकर्षण

चितवन, २८ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपरदाङ्गढीमा शुक्रबार पर्यटक रमाउँदै गरेको देख्न सकिन्थ्यो । स्थानीयवासी गणेशबहादुर थापाका अनुसार सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ । ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको उपरदाङ्गढी समुद्री सतहदेखि करिब एक हजार २७५ मिटर उचाइमा अवस्थित छ । यहाँबाट आसपासका सुन्दर प्राकृतिक दृश्यसमेत अवलोकन […]

देवचुली डाँडा : पर्यटकलाई पर्खिरहेको प्राकृतिक उपहार

नवलपरासी, २८ कात्तिक । समुद्र सतहदेखि करिब १ हजार ९३६ मिटरको उचाइमा रहेको देवचुली डाँडा नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट नवलपुरका विभिन्न भूभागका साथै तनहुँ, पाल्पा, कास्की र चितवनका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्त्वका दृष्टिले देवचुली डाँडा विशेष आकर्षणको केन्द्र हो […]