डा. निलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार

भरतपुर । चितवनको सक्रिय साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वि.सं. २०८२ सालको प्रतिष्ठित ‘कविडाँडा आख्यान पुरस्कार’ डा. निलम कार्की निहारिकाको ऐतिहासिक उपन्यास ‘राजमाता’लाई अर्पण गरेको छ ।

आज भरतपुर–१० स्थित चितवन ग्रान्ड रिजेन्सीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार अर्पण गरिएको हो ।

कार्यक्रममा स्रष्टा निहारिकालाई दुबोको माला, दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । पुरस्कारको राशि दुई लाख १ सय ६० रुपैयाँ रहेको साहित्य समाजले जनाएको छ ।

ऐतिहासिक उपन्यास ‘राजमाता’ बाहेक उनले अन्य थुप्रै चर्चित कृतिहरू सिर्जना गरेकी छन् ।

उनका प्रमुख उपन्यासहरूमा ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ र ‘द्रौपदी अवशेष’ समावेश छन्। यसैगरी, कथासङ्ग्रहतर्फ उनका ‘हवन’, ‘नीलम कार्की निहारिकाका कविता’, ‘कागजमा दस्तखत’, ‘बेली’ र ‘४३ कथा’ प्रकाशित छन् । उनको ‘मस्तिष्क ज्वरो’ नामक लामो कविता पनि प्रकाशित छ ।

उनले वि.सं. २०७४ मा उपन्यास ‘योगमाया’का लागि प्रतिष्ठित ‘मदन पुरस्कार’ प्राप्त गरेकी थिइन् । यसैगरी, उपन्यास ‘चीरहरण’ले वि.सं. २०७२ मा ‘पद्मश्री साहित्य पुरस्कार’ जितेको थियो।

समारोहमा डा. एकनारायण पौड्यालले पुरस्कृत कृति ‘राजमाता’माथि समीक्षात्मक मन्तव्य राखेका थिए भने डा. शंकर गैरेले ‘ऐतिहासिक उपन्यास लेखन’का विषयमा बौद्धिक प्रवचन दिएका थिए ।

समाजका सचिव लेखराम सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्रष्टाहरू श्रीओम श्रेष्ठ ‘रोदन’ र सरस्वती रिजालले शुभकामना मन्तव्य राखेका थिए । नेपाली साहित्यको प्रगति र उत्थानमा सहयोग गर्ने उद्देश्यले स्थापित यस संस्थाले वि.सं. २०७५ सालदेखि निरन्तर रूपमा उत्कृष्ट आख्यानलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि ‘कविडाँडा आख्यान पुरस्कार’ प्राप्त गर्ने कृति र स्रष्टाहरू निम्न छन् :

• २०७५ : ‘मरीचिका’ – महेश थापा (पहिलो विजेता)

• २०७६ : ‘पथेर’ – श्याम शाह

• २०७७ : ‘परित्यक्ता’ – भुवन ढुङ्गाना

• २०७८ : ‘छाइल’ – लोकराज भट्ट

• २०७९ : ‘मनु’ – डा. नवराज सुवेदी

• २०८० : ‘अद्वैत’ – कृष्ण गौतम

• २०८१ : ‘हिउँको गीत’ – तीर्थ गुरुङ

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट