आइजीपीबाट हटाइए दानबहादुर कार्की, मनोजकुमार केसीले सम्हाल्दै जिम्मेवारी

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।

बुधबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै केसीलाई प्रहरी संगठनको नयाँ नेतृत्व सुम्पिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे एक मन्त्रीले जानकारी दिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको बताएका छन् ।

यसअघि पनि सरकारले कार्कीलाई आईजीपी पदबाट हटाउन लागेको समाचार सार्वजनिक भएको थियो । कार्कीले गत कात्तिक २७ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

अब केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् भने कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट