अन्तिम ओभरमा जनकपुरलाई २ रनले हराउँदै विराटनगर विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि साइफ हसनले सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल शुशलिङले ३० बलमा ४३ रन तथा जेम्स निशमले १५ बलमा २७ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

विराटनगरका आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

विराटनगरका इमरान शेखले ४५ बलमा ५६ रन बनाए । लोकेश बमले ४० बलमा ५० रन तथा आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रनको योगदान दिए । रसेलले आफ्नो इनिङ्समा ५ छक्का र २ चौका प्रहार गरे ।

जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका रसेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

जितपछि विराटनगरले २ अङ्क प्राप्त गरेको छ। चार खेलमा दुई जित सहित चार अङ्क बटुलेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। समान चार खेलमा चार अंक बटुलेको जनकपुर तेस्रो स्थानमा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट