सुदूरपश्चिमसँग रोकियो चितवन 

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए। इशान पाण्डेले २५ रन जोडे। आरिफ शेख २० र शेरफेन रदरफोर्ड २१ रनमा अविजित रहे।

चितवनका रञ्जित कुमारले तीन विकेट लिए। रिजन ढकाल र मौसम ढकालले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे। यसक्रममा बोपाराले टी–२० क्रिकेटमा १० हजार रन पूरा गरे।

डेविड मलानले १६, अर्जुन साउदले १५ र सिकन्दर रजाले १५ रन बनाए।

सुदूरपश्चिमका स्कट कुग्गेलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।

जितसँगै सुदूरपश्चिम चार खेलबाट दुई जितसहित चार अंक जोडेर अंकतालिकाको सातौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ। चितवन भने तीन खेलबाट तीन अंकसहित पाँचौं स्थानमा झरेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट