रोटरी क्लब अफ नारायणगढको रक्तदानमा ४० जनाले दिए रगत

भरतपुर, १५ कात्तिक ।
रोटरी क्लब अफ नारायणगढको आयोजनामा आइतबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा १३ महिलासहित ४० जनाले रक्तदान गरेका छन् ।

‘रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नाराका साथ रोटरी क्लब अफ नारायणगढ, रोट्र्‍याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ आरसी नारायणगढ, इन्ट्र्याक्ट क्लब अफ वाल्मीकि र इन्ट्याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजना तथा क्षेत्रपुरस्थित राइनो फिटनेस हब प्रालिको सहकार्यमा कार्यक्रम गरिएको हो ।

राइनो फिटनेस हब परिसरमा आयोजित कार्यक्रममा रोटरियन तथा स्पाउज सदस्यहरूको सहभागिता रहेको थियो ।

रगतको आवश्यकता बढ्दै गएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रामप्रसाद गजुरेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट