सुदूरपश्चिम रोयल्समाथि विराटनगर किङ्सको ३५ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो।

विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रन बनाए। सुदूरपश्चिमका अविनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर दुई विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका स्कट कुगेलाइनले ६ बलमा अविजित २८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए।

रसेल खेलको प्लेयर अफ द म्याच घोषित भए। यसै खेलमा उनले टी–२० क्रिकेटमा १० हजार रनको उपलब्धिसमेत हासिल गरे।

यस जितसँगै विराटनगरले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघिका दुई खेलमा विराटनगर चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो।

यो खेलपछि विराटनगरले अंकतालिकामा खाता खोलेको छ। तीनखेलबाट दुई अङ्क बटुलेको विराटनगर तालिकामा चौथो स्थानमा उक्लिएको छ। तीन तीन खेलमा दुई अङ्क बनाएको सुदूरपश्चिम भने छैठौँ स्थानमा झरेको छ।

शनिबार नै तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल भने वर्षाका कारण टससमेत नभई रद्द भएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट