‘पीडाको पहाड’ मुक्तकसङ्ग्रहमाथि विमर्श एवम् वाचन

भरतपुर, १४ कात्तिक ।
गजल मञ्च चितवनको आयोजनामा मुक्तककार किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ माथि विमर्श गरिएको छ ।

भरतपुर–१२ स्थित किसान कुटीमा आयोजित कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो । कृतिकार किसान प्रेमीले सङ्ग्रहमा समेटिएका केही मुक्तकहरू वाचन गर्नुभएको थियो ।

गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मञ्चका पूर्वअध्यक्ष रमेशकुमार श्रेष्ठ (रमेश प्रभात)ले गर्नुभएको थियो ।

कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष लेखराम सापकोटासहित संस्थापक बालकृष्ण थपलिया, स्रष्टाहरू इन्द्र रेग्मी, निर्दोष जीवन, भानुप्रसाद उपाध्याय, समिता पौडेल न्यौपाने, विद्या भण्डारी चिराग, प्रकाश चापागाईं, जगन्नाथ पण्डित र विपिन पाठकलगायतले सङ्ग्रहबाट एक–एक वटा मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँ, रामहरि श्रेष्ठ, रणेन्द्र बराली र सुमन घिमिरेलगायतको उपस्थिति थियो ।

गजल मञ्च चितवनले स्थानीय स्रष्टाका कृति प्रकाशन गर्नुका साथै प्रकाशित कृतिमाथि विमर्श कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट