एनपीएल ३ : जनकपुरको दोस्रो जित, उक्लियो अंकतालिकाको दोस्रो स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुर बोल्ट्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जनकपुरले तीन खेलबाट दुई जितसहित चार अंक जोडेको छ। जितसँगै टोलीले दुई अंक थपेको हो। पोखरा एभेन्जर्स भने लगातार दोस्रो हारपछि अंकतालिकाको सातौँ स्थानमा पुगेकाे छ। पोखराले अहिलेसम्म २ खेल खेलेको छ। […]

“पीडाको पहाड” चढ्दै गर्दा भेटिएका सहयात्रीहरू (पुस्तक समीक्षा)

विषयप्रवेश : कवि, गजलकार, मुक्तककार, सुमधुर स्वरका धनी किसान प्रेमीका कवितासङ्ग्रह ‘गाउँबस्ती रोइरहेको छ’ (२०५९), गजलसङ्ग्रह ‘गजब छ मान्छे’ (२०६३) र ‘अञ्जानमा गयौ कि!’ (२०८२), खण्डकाव्य ‘चेतना’ (२०६९) र लघुकथासङ्ग्रह ‘झुपडीको व्यथा’ (२०८०) प्रकाशित भइसकेका छन् । प्रस्तुत मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ उनको पछिल्लो कृति हो, जसलाई गजल मञ्च चितवनले प्रकाशन गरेको छ । पङ्क्तिकारले ‘गजब […]

रोटरी क्लब अफ नारायणगढको रक्तदानमा ४० जनाले दिए रगत

भरतपुर, १५ कात्तिक । रोटरी क्लब अफ नारायणगढको आयोजनामा आइतबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा १३ महिलासहित ४० जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नाराका साथ रोटरी क्लब अफ नारायणगढ, रोट्र्‍याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ आरसी नारायणगढ, इन्ट्र्याक्ट क्लब अफ वाल्मीकि र इन्ट्याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजना […]

जुटपानी एकेडेमीमा पाककला प्रतियोगिता र स्काउट दीक्षान्त

चितवन, १५ कात्तिक । कालिका नगरपालिका–१, सूर्यपुरस्थित जुटपानी एकेडेमीमा पाककला प्रतियोगिता तथा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयअन्तर्गतको स्काउट ट्रुपले आयोजना गरेको कार्यक्रममा ४० जना विद्यार्थी दीक्षित भएका छन् । विद्यालयका प्राचार्य एवं स्काउट ट्रुपका अध्यक्ष कमलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी प्रमुख अतिथि रहनुभएको थियो । […]