शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिने गरी बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री थापा मगर

मकवानपुर, १८ कात्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै देखिने गरी बजेट विनियोजन गर्ने बताएका छन् ।

मंगलबार हेटौँडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित स्वास्थ्य कार्यक्रमको एकीकृत समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताएका हुन् ।

‘आउने वर्ष हामीले शिक्षा र स्वास्थ्यमा देखिने गरी बजेट विनियोजन गर्छौँ र यहाँहरूले पनि देखिने गरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

विगतमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न असहज मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले आगामी वर्ष भने शिक्षा र स्वास्थ्य क्षेत्रमा स्पष्ट प्राथमिकताका साथ बजेट छुट्याइने बताए । विनियोजित बजेटअनुसार सम्बन्धित निकायले पनि परिणाम देखिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूको स्तरवृद्धिका लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको भए पनि अपेक्षाअनुसार पर्याप्त उपलब्धि हासिल हुन नसकेको स्वीकार गरे ।

अस्पतालहरूमा विशेषज्ञ सेवा विस्तार गर्न तथा आवश्यक औजार र उपकरणको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ सेवा सञ्चालन हुन थालेको र जिल्लावासीले आफ्नै जिल्लामा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेको उनको भनाइ थियो । प्रदेश सरकार गठन भएयता प्रादेशिक अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको चापसमेत बढेको उनले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि भौतिक पूर्वाधार र उपकरणसँगै स्वास्थ्यकर्मीका समस्या समाधान पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रदेशको स्वास्थ्य क्षेत्रका चुनौती र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेशका अस्पतालहरूमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट