नेपथ्यको संगीतमा झुम्ने तयारीमा सौराहा

चितवन, २९ असोज ।
पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक चर्चित सांगीतिक ब्याण्ड नेपथ्य गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आगामी मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुन लागेको हो ।

नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमबारे जानकारी गराएका हुन् । दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा चितवनसहित छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम), तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट दर्शक आउने अपेक्षा गरिएको नेपाल डायरिजका निर्देशक बिनेश थापाले बताए ।

कार्यक्रमका लागि विद्यार्थीलाई सहुलियत दरमा टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । अर्ली बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न श्रेणीका टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सहुलियत दरका अर्ली बर्ड टिकटको कोटा सकिन लागेको थापाले जानकारी दिए । सीमित संख्यामा उपलब्ध अन्य श्रेणीका टिकट पनि धमाधम बिक्री भइरहेको नेपाल डायरिजका निर्देशक आशिष श्रेष्ठले बताए ।

सौराहामा पहिलो पटक दर्शकका लागि प्याराफिटसमेत निर्माण गरिने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले जानकारी दिए ।

पर्यटन र संगीतलाई जोडेर आयोजना गर्न लागिएको कार्यक्रमले सौराहाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट