राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

काठमाडौं, २९ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजा घरलाई अनिवार्य रूपमा मूल्यसूची राख्न, ग्राहकलाई बिल दिन र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित […]
नेपथ्यको संगीतमा झुम्ने तयारीमा सौराहा

चितवन, २९ असोज । पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक चर्चित सांगीतिक ब्याण्ड नेपथ्य गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आगामी मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुन लागेको हो । नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुनेछ । […]
रमेश प्रभात, किसान प्रेमी र सुजन कँडेलका कृति लोकार्पण

भरतपुर, २९ असोज । अक्षर समूह चितवनले बडादशैँ–२०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा कृति लोकार्पण कार्यक्रम गरेको छ । बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा अक्षर समूह चितवनका पूर्वअध्यक्ष रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’, गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र धादिङका स्रष्टा सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ एकसाथ लोकार्पण गरिएको हो । […]