मकवानपुर, २८ असोज ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।
निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मृत्यु भएका १ हजार ९६४, दोहोरो नाम दर्ता भएका १ हजार ५०२ र नागरिकता त्यागेका ६ जनाको नाम हटाइएको हो ।
कार्यालयले हटाइएको नामावली सार्वजनिक गर्दै कुनै दाबीविरोध भए प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ । निर्वाचन आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली जारी गर्ने जनाएको छ ।
गत फागुनमा भएको संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता थिए ।




