दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चितवन, २८ असोज ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार सदस्यमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन भएका छन् । समितिको सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहेका छन् ।

पुनः अध्यक्षमा निर्वाचित बगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । संघले विसं २०८७ सम्मका लागि योजना तयार गरिसकेको जानकारी दिँदै उनले दुग्ध क्षेत्रको विकासका लागि थप रणनीतिक काम अघि बढाउने बताए ।

संघले दूधको विविधीकरणसँगै दुग्ध उद्योग, दाना उद्योग र मार्टसमेत सञ्चालन गरिरहेको उल्लेख गर्दै बगालेले यी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दुग्ध उत्पादक किसानको हित र समग्र दुग्ध क्षेत्रको विकासलाई प्राथमिकता दिने बताउँदै उनले चितवनको दुग्ध क्षेत्रलाई देशका अन्य क्षेत्रले समेत अनुकरण गर्न सक्ने नमुनाका रूपमा विकास गर्न पहल गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट