काठमाडौं, २४ असोज ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् ।
शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा ५४ मत बदर भएको थियो ।
कांग्रेसका ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।
सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा पुगेका थापाले पत्रकारहरूसँग कुराकानी गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।





