लोक गायक कृष्ण गैरे तथा गायिका शान्तिश्री परियारको स्वरमा दशैँ गीत ‘घर आउने बेला भो ठुले’ सार्वजनिक भएको छ। नन्दु परियारको लय र हुम गैरेको शब्द रहेको गीत गैरेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन् ।
गीतको भिडियोमा जुना विश्वकर्मा र अनिल पौडेलले अभिनय गरेका छन् । प्रशान्त मगरको कोरियोग्राफी रहेको भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् । करण चैसिरले छायाङ्कन गरेको भिडियो प्रविन भट्टले सम्पादन गरेका छन्।
दशैँको परिवेशमा आधारित गीतमा घर फर्किने भाव समेटिएको छ । कृष्ण गैरेका ‘मुटु रेटिन्छ’ र ‘दशैँ आयो’ लगायतका गीत पनि सार्वजनिक भइसकेका छन् ।
पूरा भिडियो हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् :





