एउटा साहसी यात्रा

श्याममोहन श्रेष्ठ मभन्दा चारपाँच वर्ष कान्छा होलान् । उनी मेरा अभिन्न मित्र हुन् । मेरो विषयमा उनलाई सबै थाहा छ, मलाई पनि उनीबारे राम्रै जानकारी छ । तर उनले किताब लेख्लान् भन्ने मलाई थाहा थिएन । किनकि मलाई पनि थाहा थिएन, म कसरी लेखक भएँ । हामी दुवै जना रमाउनुपर्ने, हाँसखेल गर्नुपर्ने र ठट्टैठट्टामा दिन […]

मेसीको जादु, अर्जेन्टिनाको सानदार जित

ब्युनस आयर्स । लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बेनिनविरुद्ध ३–० गोलको जित निकालेको छ । मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि सहयोग गरेको विवरणमा उल्लेख छ । ब्युनस आयर्सस्थित इस्टाडियो मन्युमेन्टलमा ८५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको खेलमा मेसीले आफ्नो प्रभावशाली खेल प्रस्तुत गरेका थिए । अर्जेन्टिनाको जर्सीमा उनको प्रदर्शनले समर्थकलाई रोमाञ्चित बनाएको […]

सिद्धीका ७० चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र शैक्षिक सामग्री सहयोग

चितवन, २३ असोज । चितवनको कालिका नगरपालिका–१०, सिद्धीस्थित चेपाङ छात्रावासमा रहेका ७० जना विद्यार्थीलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ । एक्सपर्टले शुक्रबार छात्रावासका विद्यार्थीका लागि खाद्यान्न, स्टेशनरी, किताब बोक्ने झोलालगायत सामग्री सहयोग गरेको हो । संस्थाको वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराइएको एक्सपर्ट चितवनका प्रबन्ध […]

माडीमा ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी तीव्र

पुस १० र ११ गते बघौडामा आयोजना हुने सम्मेलनमा सिर्जना वाचनदेखि राष्ट्रिय कविता प्रतियोगितासम्मका कार्यक्रम चितवन, २१ असोज । थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा आयोजना हुने भएको छ । आगामी पुस १० र ११ गते माडी नगरपालिका–३, बघौडामा हुने सम्मेलनको […]

कृष्ण गैरेको दशैँ गीत ‘घर आउने बेला भो ठुले’ सार्वजनिक

लोक गायक कृष्ण गैरे तथा गायिका शान्तिश्री परियारको स्वरमा दशैँ गीत ‘घर आउने बेला भो ठुले’ सार्वजनिक भएको छ। नन्दु परियारको लय र हुम गैरेको शब्द रहेको गीत गैरेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन् । गीतको भिडियोमा जुना विश्वकर्मा र अनिल […]

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कास्की, २३ असोज । पोखरामा कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकामा थप दुई बालिकाको पनि ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएका अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरूको […]