पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कास्की, २३ असोज ।
पोखरामा कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकामा थप दुई बालिकाको पनि ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते भएका अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन । उद्धार कार्य सम्पन्न भएपछि मात्रै सनाखतको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेमा सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार बसमा २५ जना सवार रहेको बताइएको छ । तीमध्ये २१ जना कक्षा १० का विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न विद्यालयतर्फ जाँदै थिए ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । दुर्घटनामा घाइते भएका १८ जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा उपचारका लागि पठाइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए ।

दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट