भरतपुर, २२ असोज ।
वैदेशिक रोजगारीबाट फर्किएका दिनेश पण्डितले भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा ल्याउने भएका छन् । दशैंको घटस्थापनाका दिनदेखि सञ्चालनमा आउने पसल मालिका मन्दिर नजिकै रहनेछ ।
पसलको शुभारम्भका अवसरमा ग्राहकलाई लक्षित गर्दै आकर्षक ‘स्क्र्याच एन्ड विन’ अफरसमेत सार्वजनिक गरिएको सञ्चालक पण्डितले जानकारी दिए । अफरअन्तर्गत ग्राहकले सुन, नगद, एयरपड, हेडफोन, पावर बैंक, स्मार्ट घडी, टेलिभिजन तथा मोबाइललगायतका उपहार जित्न सक्नेछन् ।
‘मोबाइल चौतारी’मा नयाँ तथा पुराना मोबाइल बिक्रीका साथै मोबाइल मर्मत, विभिन्न ब्रान्डका मोबाइल एक्सेसरीज तथा मोबाइलसम्बन्धी आवश्यक सेवा उपलब्ध हुने पण्डितले बताए । ग्राहकको आवश्यकता र बजेटअनुसार नेपालमा उपलब्ध विभिन्न ब्रान्डका मोबाइल तथा एक्सेसरीज सुपथ मूल्यमा उपलब्ध गराउने उनको भनाइ छ ।
पसलमा विशेषज्ञ प्राविधिकसहित पाँच जनाले रोजगारीसमेत पाउनेछन् । ग्राहकलाई मोबाइल खरिदसँगै भरपर्दो बिक्रीपछिको सेवा, मोबाइलसम्बन्धी परामर्श तथा आवश्यक प्राविधिक सेवा एउटै ठाउँबाट उपलब्ध गराउने उद्देश्य रहेको पण्डितले बताए ।
वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा काम गरेका पण्डितले नेपाल फर्किएपछि मोबाइल क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई आफ्नै व्यवसायमा रूपान्तरण गर्न लागेको बताए ।
‘मोबाइल क्षेत्रमा लामो समय काम गरेपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ,’ उनले भने, ‘ग्राहकलाई मोबाइल खरिदसँगै भरपर्दो मर्मत सेवा र आवश्यक एक्सेसरीजसमेत एउटै ठाउँबाट सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ ।’
दशैंको अवसर पारेर व्यवसाय सुरु गर्न लागेकाले शुभारम्भका अवसरमा विशेष छुट तथा अन्य आकर्षक अफरसमेत सार्वजनिक गर्ने तयारी रहेको पण्डितले बताए ।





