तीन दलको गठबन्धनलाई हराउँदै सोमेश्वर वनमा रास्वपाका महतो विजयी

माडी, २२ असोज । माडी नगरपालिका–४ स्थित सोमेश्वर सामुदायिक वन (साविक ७ नम्बर) को प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ईश्वर महतो विजयी हुनुभएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका साझा उम्मेदवार नेत्र आलेलाई १० मतको अन्तरले पराजित गर्दै महतो वन प्रतिनिधिमा निर्वाचित हुनुभएको […]
पारपाचुके !

`पारपाचुके´ एउटा शैक्षिक कथा हो । श्री विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ चितवनमा नेपाली विषय अध्यापन गर्ने शिक्षक विपिन पाठकले सामाजिक विषयमा लेख्नुभएको शिक्षाप्रद यो कथाले पारिवारिक कलहले बालबालिकामा कस्तो मनोबैज्ञानिक असर पर्नसक्छ भन्ने कुरा अभिव्यक्त गरेको छ । परिवारले बालबालिकालाई कसरी हुर्काउन पर्छ भन्ने सन्देश पनि यो कथाले दिन्छ । कथाको शीर्षक […]
विदेशबाट फर्किएर पण्डितले खोले ‘मोबाइल चौतारी’

भरतपुर, २२ असोज । वैदेशिक रोजगारीबाट फर्किएका दिनेश पण्डितले भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा ल्याउने भएका छन् । दशैंको घटस्थापनाका दिनदेखि सञ्चालनमा आउने पसल मालिका मन्दिर नजिकै रहनेछ । पसलको शुभारम्भका अवसरमा ग्राहकलाई लक्षित गर्दै आकर्षक ‘स्क्र्याच एन्ड विन’ अफरसमेत सार्वजनिक गरिएको सञ्चालक पण्डितले जानकारी दिए । अफरअन्तर्गत ग्राहकले सुन, नगद, […]
भोटेकोशी बाढीपीडितका लागि दुई संस्थाद्वारा २९ लाख ३८ हजार सहयोग

काठमाडौं, २२ असोज । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्ध विहार, पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेका छन् । दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बुधबार […]