स्मारिकाको `ब्लुम’माथि सम्पूर्ण किताब नारायणगढमा चर्चा

चितवन, २० असोज ।
लेखक स्मारिकाको उपन्यास ‘ब्लुम’ माथि चितवनमा किताब चर्चा गरिएको छ । कार्यक्रममा प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसी र समालोचक उदय अधिकारीले ‘ब्लुम’का विभिन्न पक्षमाथि धारणा राख्नुभयो ।

गत शनिबार दाङमा विमोचन भएको ‘ब्लुम’को प्रवर्द्धन यात्राका क्रममा लेखक स्मारिका बुटवल हुँदै चितवन आइपुग्नुभएको हो । प्रवर्द्धन यात्राअन्तर्गत बुटवलको शुभलक्ष्मी पुस्तक पसल र चितवनको सम्पूर्ण किताब नारायणगढमा पाठकसँग भेटघाट तथा छलफल कार्यक्रम गरिएको थियो ।

सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा सहभागी पाठकले ‘ब्लुम’ खरिद गर्दै लेखक स्मारिकाबाट पुस्तकमा हस्ताक्षरसमेत गराएका थिए ।

अध्ययनका क्रममा जापानमा रहँदै आउनुभएकी स्मारिकाको ब्लुम पहिलो उपन्यास हो ।
बिएन पुस्तक संसारले बजारमा ल्याएको उक्त उपन्यासले युवाका आवाज, प्रेम, करिएर , असफलता देखि सफलतासम्मको यात्रालाई सुन्दर ढङ्गले बुनेको छ । पुस्तकको बजार मूल्य ४ सय ५५ रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट