नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणि नेपाल निर्विरोध

चितवन, १७ असोज ।
नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणि नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको १६औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । चितवनको ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनकी प्रमुख सुमित्रा पौडेलको प्रमुख आतिथ्यता तथा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रीय तदर्थ समितिका अध्यक्ष पुष्पराज शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरूले दुर्लभ रक्त समूह भएका बिरामीको जीवन रक्षामा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यसको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दिपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सहसचिवमा कृष्टि सापकोटा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा रामचन्द्र हुमागाईँ, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सविता पौडेल, बिमला मिश्र र हरि भण्डारी चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले दुर्लभ रक्त समूहको आवश्यकता परेका बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउने तथा संस्थाको संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

साधारणसभा तथा अधिवेशनमा संस्थाका सदस्य, नियमित रक्तदाता तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट