नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणि नेपाल निर्विरोध

चितवन, १७ असोज । नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणि नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको १६औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । चितवनको ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनकी प्रमुख […]

त्रिवेणीमा वैदिक विश्वविद्यालय स्थापनाको लक्ष्यसहित एकमहिने महायज्ञ हुँदै

त्रिवेणी,  १७ असोज । नवलपुरको त्रिवेणीमा श्री वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित एकमहिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना हुने भएको छ । त्रिवेणीमा रहेको श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विस्तार गरी महाविद्यालयका रूपमा विकास गर्ने र त्यसैलाई आधार बनाएर वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना गर्न […]

कवि प्रज्वल अधिकारीको कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक

काठमाडौं, १७ असोज । कवि प्रज्वल अधिकारीको कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ विमोचन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डवलीमा आयोजित भव्य समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो । बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमाेचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि दिनेस अधिकारी, कवि श्रवण मुकारुङ र कवि प्रतिसरा सायमिले कृतिले नेपाली कवितामा एउटा गहिरो छाप छोड्ने […]

हेटौंडा जंगलमा भेटिएको शवको २ महिनापछि पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान खुलेको छ। २०८३ साल साउन २२ गते फेला परेको शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको हो । मकवानपुर प्रहरीका अनुसार मृतक भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित […]

सनराइजका विद्यार्थीको पहल : चेपाङ बालबालिकालाई ५० हजारको सहयोग

चितवन, १८ असोज । कालिका नगरपालिका–१०, सिद्धिस्थित चेपाङ सिद्धि होस्टेलमा आश्रित ७५ जना बालबालिकालाई सनराइज इङ्लिस सेकेन्डरी स्कुलले खाद्यान्न, दैनिक जीवनोपयोगी, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । विद्यालयको आह्वानमा इन्टरयाक्ट क्लब अफ सनराइज, युथ रेडक्रस सर्कल अफ सनराइज तथा कम्युनिटी क्लब अफ सनराइजको सक्रिय सहभागितामा संकलित करिब ५० हजार रुपैयाँ बराबरका सामग्री होस्टेलका […]

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्रीको जोड

  रुपन्देही, १७ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक र विशिष्ट पहिचानसहित अघि बढाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा स्थापित विश्वविद्यालयले बौद्ध दर्शन, मौलिक ज्ञान तथा नेपालको रैथाने पहिचानलाई विश्वसमक्ष चिनाउने गरी आफ्नो उद्देश्य केन्द्रित […]

‘देब्रेहात’ र ‘सिर्जनधर्मितामा चितवनका नारी स्रष्टा’ विमोचन

भरतपुर, १७ असोज । साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार दुईवटा कृति विमोचन गरिएको छ । पूर्णबहादुर अधिकारीको निबन्धसङ्ग्रह `देब्रेहात´ र पूर्णप्रसाद अधिकारीको समालोचनासङ्ग्रह `सिर्जनधर्मिता चितवनका नारी स्रष्टा´को एकसाथ विमोचन गरिएको हो । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा आयोजित कार्यक्रममा साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मीले कृति विमोचन गर्नुभएको हो । कृतिमाथि डाक्टर धनेश्वर भट्टराई, भगवती […]

बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त हुनु भएकाे छ । प्रदेश मुख्यमन्त्री किरण थापा मगरले रोक्कालाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भएकाे हाे । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले काठमाडौं पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आयोगको उपाध्यक्षमा रोकासँगै सदस्यहरुमा सुनिता […]

महेन्द्र राजमार्गको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी पूर्व, १७ असोज । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस महेन्द्र नवलपरासी पूर्वको दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दाउन्नेको एस मोडमा प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक विवरणअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको […]