कवि प्रज्वल अधिकारीको कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक

काठमाडौं, १७ असोज ।

कवि प्रज्वल अधिकारीको कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ विमोचन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डवलीमा आयोजित भव्य समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो ।

बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमाेचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि दिनेस अधिकारी, कवि श्रवण मुकारुङ र कवि प्रतिसरा सायमिले कृतिले नेपाली कवितामा एउटा गहिरो छाप छोड्ने र नेपाली कविताका विविध आयामहरू समेटिएको बताए ।

तीन कवि वक्ताका साथमा, काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुबेदी र प्रज्वल अधिकारीले संयुक्त रुपमा कृतिको बिमोचन गरेका थिए ।

कवि श्रवण मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’का कविता पढ्दै जाँदा विशिष्ट कवि मोहन कोइरालाको झझल्को आउने र यसरी झझल्को आउनु एउटा कविको सफलता भएको व्याख्या गरे ।

उनका अनुसार सङ्ग्रहका कवितामा कविताका विविध आयामलाई समेटिएको र त्यो ज्ञान र ध्यानले मात्र सम्भव हुने बताए । स्वच्छन्द कविता र परिस्कार कविता दुबै अधिकारीका कवितामा प्रस्तुत भएको उनको भनाइ थियो।

कवि प्रतिसरा सायमीले अधिकारीका कविताका मन परेका पंक्तिहरू वाचन गरिन् ।

कवि दिनेश अधिकारीले प्रज्वल अधिकारी प्रतिभाशाली कवि भएको उल्लेख गर्दै वर्तमान समयका समालोचकहरूले यो कविता पढेर समालोचना गर्नुपर्ने बताए ।

कवि प्रज्वल अधिकारीले लमजुङबाट आउँदा कान्छो अंकलको हात समाएर आएको र आउँदा पैसा नभएको र पैसा अहिले पनि नभएको तर अहिले धेरै परिवारहरू भएको भने ।

आजको दिनसम्म आइपुग्दा साथ दिएकी श्रीमती अस्मी सुबेदी मेरो जिवनका उतारचढावको साक्षी रहेको भन्दै, कविताको पहिलो पाठक रहेको कुरा जिकिर गरे ।

उनले सङ्ग्रहबाट दुई कविता वाचन गरे भने कार्यक्रमको सुरुवात छोरा अमोघ अधिकारीले बाबाको कविता वाचन गरेसँगै भएको थियो ।

‘अस्तित्वको ब्रह्माण्ड ’ अधिकारीको पहिलो कविता सङ्ग्रह हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट