नवलपरासी पूर्व, १७ असोज ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस महेन्द्र नवलपरासी पूर्वको दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दाउन्नेको एस मोडमा प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक विवरणअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल, कावासोतीलगायतका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए, मृतक तथा घाइतेको पहिचानलगायतका थप विवरण संकलन भइरहेको छ ।
घटनास्थलमा प्रहरी टोली तथा स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो । दुर्घटनापछि दाउन्ने सडकखण्डमा केही समय यातायात प्रभावित भएको थियो ।





