मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त हुनु भएकाे छ । प्रदेश मुख्यमन्त्री किरण थापा मगरले रोक्कालाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भएकाे हाे ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले काठमाडौं पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आयोगको उपाध्यक्षमा रोकासँगै सदस्यहरुमा सुनिता गौतम, डा. दीपक विक्रम थापा र डा. सुरेन्द्रवर सिंह थापा नियुक्त हुनु भएकाे छ । रोका र थापा नेकपा एमालेकाे सिफारिसमा, सिंह थापा राप्रपाबाट र गौतम नेकपाको सिफारिसमा नियुक्त हुनु भएकाे हाे ।
नवनियुक्त उपाध्यक्ष रोका र २ जना सदस्यले पद तथा गोपनियताकाे सपथ लिनु भएकाे छ । मुख्यमन्त्री थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष रोका तथा सदस्यहरू थापा क्षेत्री र सिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त उपाध्यक्ष रोका राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका व्यक्ति हुन् । उनले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनीसँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव रहेको छ ।





