पहिरोले घर पुरिँदा पाल्पामा एक महिला बेपत्ता

पाल्पा, ९ असोज ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् ।

अविरल वर्षाका कारण घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो बगेर आउँदा स्थानीयका ढुङ्गा–माटोले बनेका, जस्तापाताले छाएका तीनतले कच्ची घर पुरिएका हुन् ।

पहिरोमा परी केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी छन् । उनका परिवारका अन्य सदस्य भने सकुशल रहेको जनाइएको छ ।

माथिबाट पहिरो तथा लेदो निरन्तर बगिरहेकाले तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ । बेपत्ता महिलाको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट