कान्ति राजमार्गको तीन ठाउँमा खस्यो पहिरो, सडक अवरुद्ध

काठमाडौं-हेटौंडा जोड्ने कान्ति राजमार्ग सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ ।

प्रहरीका अनुसार राजमार्गको ललितपुरस्थित बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यद्यपि, मकवानपुरतर्फको सडकखण्डमा भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

त्यस बाहेक हेटौँडा काठमाडौँ जोड्ने अन्य सडकमा माथिबाट पहिरो खस्नुका साथै लेदो थुप्रिएपछि हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित भएको हो ।

हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी सिस्नेरी सडक खण्डको दक्षिणकाली–८ सल्ले डाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भीमफेदी कुलेखानी सिस्नेरी हुँदै दक्षिणकाली जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको रुपमा कुलेखानी हुमाने हुँदै काठमाडौँ जाने व्यवस्था मिलाइएको छ ।

यता त्रिभुवन राजपथमा भने हालसम्म पहिरो नखसेको र बाटो सफा तथा सुचारु अवस्थामा रहेको छ । हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि त्रिभुवन राजपथ अहिले सुरक्षित र सञ्चालनमा रहेको छ ।

प्रशासनले अविरल वर्षा अझै भइरहेको र पहिरोको जोखिम उच्च रहेकोले अति आवश्यक काम बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट