कांग्रेसको चितवन–३ प्रदेश (क)को सभापतिमा किशोर गुरूङको उम्मेदवारी

भरतपुर, ९ असोज ।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको लागि चितवन जिल्ला क्षेत्र नं–३ प्रदेश (क) को सभापति पदमा किशोर गुरूङले उम्मेदवारी दिएका छन् ।

सुदृढ र समुन्नत कांग्रेसको लागि आफूले उम्मेदवारी दिएको गुरूङले बताए । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तमू (गुरूङ) संघका अध्यक्षसमेत रहेका उनी नेपाली कांग्रेसको भरतपुर महानगर समितिका संस्थापक सचिव हुन् ।

राजनैतिक चेतको विकास भएदेखि नै कांग्रेसमा लागेका गुरूङ समाज रूपान्तरणको लागि राजनीति नै सबैभन्दा उत्तम उपाय भएको भन्दै अनुसाशित एवम् समृद्ध समाज निर्माणको लागि पनि राजनीतिमा सक्रिय भएको बताउँछन् ।

चितवनको पुरानो मेडिकल कलेजमा २१ वर्षसम्म सहायक प्रशासकीय अधिकृत भएर काम गरिसकेका गुरूङले विद्यार्थी राजनीतिमा पनि लामो समय सक्रिय भएर काम गरे । पार्टीको विद्यार्थीदेखि तरुण दल हुँदै मूल पार्टीको विभिन्न तहमा बसेरै काम गरिसकेका छन् ।

सहकारी संस्था, जातीय एवम् धार्मिक संघसंस्थाहरुमा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । लामो समयसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई राजनीतिमार्फत समाज रुपान्तरण गर्ने विषयमा प्रयोग गर्ने गरी राजनीतिमा सक्रिय भएको उनको भनाइ छ ।

कांग्रेसले यही असोज १० गते उम्मेदवारी दर्ता गर्ने र ११ गते निर्वाचनको मिति तोकेको छ । उक्त पदमा सुरज पाठक, प्रकाश अधिकारी र जीवनाथ कँडेल पनि आकाङ्क्षीको रूपमा अगाडि सरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट