आर.बी. निश्चलको काव्ययात्रामा ‘ब्रह्माण्डको अन्त्य’ थपियो

काठमाडौं, ३ असोज ।
अस्तित्व, ब्रह्माण्ड, जीवन र आफ्नो परिवेशका गहन चिन्तन तथा दर्शनमा आधारित कविता लेख्दै आएका कवि आर.बी. निश्चलको सातौँ काव्यकृति ‘ब्रह्माण्डको अन्त्य’ भाद्र अन्तिम सातादेखि बजारमा आएको छ ।

तीन खण्डमा विभाजित कवितासङ्ग्रहमा प्रत्येक खण्डमा २४ वटाका दरले ७२ कविता समेटिएका छन् । पहिलो खण्डको शीर्षक ‘अस्तित्व/ब्रह्माण्ड/स्वदेश’, दोस्रो खण्डको ‘जीवन/प्रेम’ र तेस्रो खण्डको ‘आफ्नै परिवेश’ राखिएको छ । शीर्षकअनुसारकै विषयवस्तुमा केन्द्रित कविता सङ्ग्रहमा समेटिएका छन् ।

अस्तित्व के हो ? के अस्तित्व र ब्रह्माण्ड एकै हुन् ? ब्रह्माण्ड कस्तो छ ? यसको अन्त्य कसरी हुन सक्छ ? ब्रह्माण्डको अन्त्य हुँदा के–के हुन सक्छ ? जीवन के हो ? परम चैतन्य के हो ? जस्ता प्रश्नका काल्पनिक उत्तर तथा दार्शनिक अनुभूति कृतिमा भेट्न सकिन्छ ।

कविका यसअघि ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ लगायत काव्यकृति प्रकाशित भइसकेका छन् ।

इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको ‘ब्रह्माण्डको अन्त्य’को मूल्य रु. ५३९ कायम गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library