चितवनका बोर्लाङवासीलाई संगठित गर्दै बोर्लाङ–चितवन समाज गठन

रत्ननगर, ३ असोज ।
चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा बोर्लाङको ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले बोर्लाङ (गोरखा) चितवन समाज गठन गरिएको छ ।

शनिबार रत्ननगर–१२ स्थित जमुनापुर हेल्थ सोसाइटीमा आयोजित विशेष भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । भेलामा चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीको उल्लेख्य सहभागिता रहेको थियो

समितिको उपाध्यक्षमा गणेश ढकाल र सरिता भट्ट, सचिवमा राजन गोतामे, सहसचिवमा अञ्जु पाण्डे तथा कोषाध्यक्षमा रञ्जित श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा सन्दीप पौडेल, कपिल श्रेष्ठ, कृष्णबहादुर नेपाली, रोशन पाण्डे, रेशम श्रेष्ठ, दीपक पौडेल, ईश्वरप्रसाद ढकाल, सन्तोष ढकाल र संगीता श्रेष्ठ रहेका छन् ।

ज्येष्ठ नागरिक हेमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको भेलाले बोर्लाङवासीबीच आपसी सहयोग र सद्भाव बढाउँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायत सामाजिक क्षेत्रमा सामूहिक रूपमा काम गर्ने निर्णय गरेको छ ।

आवश्यकताका बेला समुदायका सदस्यलाई सहयोग गर्ने तथा विभिन्न सामाजिक र रचनात्मक कार्यक्रम सञ्चालन गर्ने समाजको योजना छ ।

समाजको सल्लाहकार समितिको संयोजकमा हेमबहादुर श्रेष्ठ चयन भएका छन्। सल्लाहकार सदस्यमा साधुराम थापा, अर्जुन ढकाल, भरत श्रेष्ठ, धर्म ढकाल, भरत पाण्डे, सूर्य गुरुङ, केशव भट्ट र राजन भट्ट रहेका छन् ।

भेलामा बोर्लाङसँग जोडिएको ऐतिहासिक, सांस्कृतिक तथा पुर्ख्यौली सम्बन्धबारे समेत छलफल गरिएको थियो। कार्यक्रम केशव भट्टले सञ्चालन गरेका थिए ।

बोर्लाङलाई नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मभूमिका रूपमा चिनिन्छ। विद्वान् तथा ज्योतिष कुलानन्द ढकालसँग पनि बोर्लाङको ऐतिहासिक सम्बन्ध रहेको भेलामा उल्लेख गरिएको थियो ।

नवगठित समाजले चितवनमा रहेका बोर्लाङवासीलाई संस्थागत रूपमा जोड्दै साझा हितका कार्यक्रम अघि बढाउने जनाएको छ । समाजले बोर्लाङको इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा योगदान गर्ने लक्ष्य लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library