मकवानपुर, २ असोज ।
बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त भएसँगै प्रदेश सरकार पूर्ण बनेको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा नवनियुक्त मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसके पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए । आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले पनि नेतृत्व पाएको हो ।
बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको संयुक्त सरकार रहेको छ ।





