गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श

मकवानपुर, ३ साउन । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श कार्यक्रम गरिएको छ । गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा अन्तर्गत अनायास सङ्ग्रहको विमर्श गरिएको हो । मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा शनिबार साहित्य सङ्गम मकवानपुरको हलमा गरिएको कार्यक्रममा सङ्ग्रहमाथि बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्णका गजलमा युवावयका कथाहरू […]

कालीगण्डकी पदयात्रा शुरु

देवघाटधाम, २२ जेठ । पवित्र धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा शुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो । देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ […]