जन्मदिनमा विपन्न परिवारलाई घर उपहार

राप्ती, ३१ भदौ ।
चितवनको राप्ती नगरपालिका–१ सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।

राप्ती–१ निवासी दीपकप्रसाद थपलिया शर्माले आफ्नो ६५औँ जन्मदिनको अवसरमा निर्माण गरिएको दुईकोठे घर अन्दाजी ७० वर्षीया एकल महिला मनमाया प्रजाको आठ सदस्यीय परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

थपलिया दम्पती र राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तानले संयुक्त रूपमा प्रजा परिवारलाई घर हस्तान्तरण गर्नुभएको थियो । करिब २ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको घर छ महिनामा सम्पन्न भएको हो । हस्तान्तरण कार्यक्रममा थपलियाले घर भूकम्पप्रतिरोधी रहेको जानकारी दिनुभयो ।

घरसँगै प्रजा परिवारलाई खाट, सिरक, डसना, सिरानी तथा लत्ताकपडालगायतका सामग्रीसमेत प्रदान गरिएको थियो । लामो समयदेखि काठ, माटो तथा चुहिने छानो भएको जीर्ण घरमा कष्टकर जीवन बिताउँदै आएका प्रजा परिवार नयाँ घर पाएपछि खुसी र उत्साहित भएका छन् ।

यसैबीच, थपलियाले प्रजा परिवारको घरसँगै रहेको अर्को चारकोठे घर निर्माणका लागि समेत आंशिक सहयोग गर्नुभएको छ ।

घर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष सिद्धीलाल स्याङ्तान, वडा सदस्य ग्रेस तामाङ, वडा सदस्य राजु राई, सामाजिक व्यक्तित्व मानबहादुर स्याङ्वो, कुमार थापा, जयहरी जनचेतना सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर राई, टोल सुधार समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट