जन्मदिनमा विपन्न परिवारलाई घर उपहार

राप्ती, ३१ भदौ । चितवनको राप्ती नगरपालिका–१ सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । राप्ती–१ निवासी दीपकप्रसाद थपलिया शर्माले आफ्नो ६५औँ जन्मदिनको अवसरमा निर्माण गरिएको दुईकोठे घर अन्दाजी ७० वर्षीया एकल महिला मनमाया प्रजाको आठ सदस्यीय परिवारलाई हस्तान्तरण गर्नुभएको हो । थपलिया दम्पती र राप्ती–१ का वडाध्यक्ष सिद्धीलाल स्याङ्तानले संयुक्त रूपमा प्रजा […]

प्याब्सन नवलपुरद्वारा बाढीपीडितलाई ५० लाखभन्दा बढी सहयोग

कावासोती, ३१ भदौ । भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितका लागि नवलपुरका निजी विद्यालयहरूले ५० लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले जिल्लाका विद्यालयबाट संकलित रकम केन्द्रीय प्याब्सनमार्फत दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले जानकारी दिए । जिल्लामा सञ्चालित […]