नाम्रुङ खोलामा बाढी : चार घरमा क्षति, दुई फलामे पुल बगायो

गोरखा, २१ भदौ ।
गोरखाको चुमनुव्री गाउँपालिका–४ नाम्रुङ खोलामा आएको बाढीले चार घरमा क्षति पुर्‍याउनुका साथै दुई वटा फलामे पुल बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज बिहान आएको बाढीले चुमनुव्री–४ का उर्गीन लामा र नगुछिरिङ लामाको घर बगाएको छ । त्यस्तै लाक्पाभुटी लामा र दोर्जे लामाको घरमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

बाढीले चुमनुव्री–४ र २ जोड्ने फलामे पुलसमेत बगाएको डिएसपी श्रेष्ठले बताए । नाम्रुङ हुँदै ल्हो जाने अर्को फलामे पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बुढीगण्डकी नदीमा मिसिने नाम्रुङ खोलामा बाढी आएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । नदी किनार तथा तटीय क्षेत्रमा नजान प्रहरीले सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट