चितवन, १६ भदौ ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–४ शिव पञ्चायन टोल विकास संस्था अन्तर्गतको प्रगति महिला समूहले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । समूहकी अध्यक्ष लक्ष्मीनारायणी कँडेलले विपद्मा परेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।





