खाजा खर्च जोगाएर अर्किडका विद्यार्थीले गरे बाढीपीडितका लागि सहयोग

भरतपुर, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भरतपुर–१० स्थित अर्किड स्कुलका विद्यार्थीले खाजा खर्च जोगाएर ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका छन् । विद्यालयको जुनियर रेडक्रस सर्कलको आह्वानमा विद्यार्थीले स्वस्फूर्त रूपमा रकम संकलन गरेका हुन् । संकलित रकम मंगलबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]
विपद्मा परेकाको सहयोगमा प्रगति महिला समूह, राहत कोषमा एक लाख एक हजार

चितवन, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–४ शिव पञ्चायन टोल विकास संस्था अन्तर्गतको प्रगति महिला समूहले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । समूहकी अध्यक्ष […]
तीज खर्च जोगाएर शान्तिकुञ्जद्वारा राहत कोषमा ८१ हजार रुपैयाँ सहयोग

चितवन, १६ भदौ । रत्ननगर नगरपालिका–१२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् […]