तीज खर्च जोगाएर शान्तिकुञ्जद्वारा राहत कोषमा ८१ हजार रुपैयाँ सहयोग

चितवन, १६ भदौ ।
रत्ननगर नगरपालिका–१२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सञ्चालक समिति, उपसमिति, संस्थापक अध्यक्ष तथा कर्मचारीहरूले तीजमा हुने खर्च कटाएर उक्त रकम संकलन गरेका हुन् ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीकी अध्यक्ष निर्मला दंगालले जानकारी दिनुभयो । विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले तीजमा हुने खर्चलाई केही हदसम्म कटौती गरी राहतका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, सहकारी, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेका बेला तीज खर्च जोगाएर शान्तिकुञ्जले गरेको सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण बनेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट